राष्ट्रिय सभा बैठकः पानीजहाज सम्बन्धि विधेयक समितिमा पठाइयो
![](https://www.tukhabar.com/wp-content/uploads/2021/08/Rastriya-sabha.jpg)
काठमाडौं । पानीजहाज सम्बन्धि विधेयक समिति पठाइएको छ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको हो ।
उक्त विधेयक मंगलबारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
बैठकले सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाएको हो ।
यस्तै, बैठकमा सरकारको तर्फबाट मन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–०८१ को ६५ औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते आइतबार सवा १ बजे बस्ने गरी स्थगित गरिएको छ ।