दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार १० अर्ब माथि

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार १५:३६
file-photo

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक ११ दशमलव ९२ अंकले बढेको छ ।

यससँगै बजार परिसूचक २७३९ दशमलव ८२ अंकमा पुगेको छ । परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ ।

बजारमा आज १० अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि सोमबार पनि कारोबार १० अर्बले नाघेको थियो ।

बजारमा आज १४९ कम्पनीको मूल्य घटेको छ भने ८७ कम्पनीको मूल्य बढ्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार परिसूचक भने बढेको देखिएको छ ।

घटेको कम्पनी कुल संख्याको ६१ प्रतिशत रहेको छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार बढेको हो ।