आइभिएफ सेवाको झुट्ठो प्रचार–प्रसार नगराउन आग्रह

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार १६:३६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइभिएफ सेवाको झुट्ठो प्रचार–प्रसार नगराउन आग्रह गरेको छ ।

मन्त्रालयले आइभिएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्रचार गर्दै आइभिएफ सेवा सम्बन्धमा झुट्ठो प्रचार–प्रसार नगर्नु÷नगराउन आग्रह गरेको हो ।

स्वास्थ्य संस्थाले आइभिएफ सेवा सम्बन्धमा झुट्ठो प्रचार–प्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै मनोमानी ढङ्गले शुल्क समेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त गरेको भन्दै मन्त्रालयले यस्तो  आग्रह गरेको हो ।

सेवा शुल्कको विवरण संस्थाको वेब साइडमा अनिवार्य रूपमा राख्ने व्यवस्था मिलन मन्त्रालयको निर्देशन छ । यदि शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रक्रिया पूरा गरी पुनः अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ ।

संस्थामा सेवाका लागि आउने विपन्न, असहायक बिरामीका लागि दस प्रतिशत निः शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउन मन्त्रालयल भनेको छ ।