हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार मेला सुरु

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार १७:२६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार मेला २०८१ सुरु भएको छ । महोत्सव निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडा–१०, टिसिएन चौरमा सुरु भएको हो ।

उक्त मेलाको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका हुन् । त्यसअघि बिहान साढे १० बजे हेटौंडा–४ को हुप्रचौरको दक्षिणमा जम्मा भएर पारिजातपथ, बुद्धचोक, टिसिएन चौर पुगेर शोभायात्रा समापन गरिएको थियो ।

यस्तै, महोत्सवको दोश्रो दिन भोलि फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, स्थानीय कलाकारहरुले प्रस्तुती र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलामा करिब ३०० वटा स्टलहरु रहनेछ । मेलामा नविनतम निर्माण उपकरण तथा सामाग्रीहरु, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन, सूचना प्रविधि तथा कृषि उत्पादन, घरेलु तथा हस्तकला सामाग्री, महिला उद्यमीद्वारा उत्पादित सामाग्रीहरुको बिक्री–वितरणमा राखिएको छ ।

साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम शैक्षिक, घरजग्गा, अटो, खाना तथा बस्तु र सेवाको प्रदर्शनी एवम् बिकी बाल उद्यानको व्यवस्था नविनतम लञ्च भएका इभी सवारी साधानहरु पनि बिक्रीका लागि राखिएको छ ।

मेला फागुन १८ गतेसम्म संचालन हुनेछ ।