बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एउटा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार १७:४६

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश सभाबाट पारित भई आएको प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख देवकोटाले प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता प्रकाश चौलागाईँले जानकारी दिए ।

प्रदेश सभाको केही दिन अघि बसेको बैठकले सो विधेयकको पूर्ण छलफल गरी संशोधनसहित पारित गरिएको थियो ।