पानीमा डुबेर बालकको मृत्यु

धनगढी । कैलालीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नै घर अगाडि रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको खाल्डोमा डुबेर बालक घाइते भएका थिए ।
घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।