एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार ०९:४०

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा हिजोबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।

मंगलबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो । बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ ।

उक्त प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।

बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तत्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको थियो ।