विकास निर्माण र आर्थिक समृद्धिको काम अघि बढाएको छः मुख्यमन्त्री लामा

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार १०:३३
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि बढाएको बताएका छन् ।

प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई कार्यान्वयन तर्फ अग्रसर रहेको बताउँदै उनले सोही अनुसार प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि बढाएको उनले बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे ।संघीय संरचना

को विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहेको उनको भनाई छ । राजनीतिक सङ्क्रमणकाल समाप्त भई मुलुकको आर्थिक, सामाजिक, रूपान्तरणसंगै आम जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यमा प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरे ।

लोकतन्त्रको जगेर्ना गर्दै संघीयताको सवलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई अघि बढ्न उनले आग्रह गरे ।