रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार १५:२०
सांकेतिक तस्वीर

बुटवल । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक बाराको निजगढ–५ निवासी ३६ वर्षीय जिते कुमार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएकोे थियो ।

दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।