आलोक नगरमा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक हाल जारी छ । बैठक केन्द्रीय कार्यालय आलोक नगरमा बसिरहेको हो ।
बैठकमा स्थायी कमिटी बैठकले पारित गरेका विभिन्न प्रतिवेदनहरूमाथि छलफल भइरहेको जनाइएको छ ।
स्थायी कमिटी र पोलिटब्युरो बैठकपछि भोलिबाट सो पार्टी केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी रहेको बुझिइएको छ ।
यसअघि मङ्गलबार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
यस्तै, बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ । उक्त प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।