बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हल अगाडि बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका वर्ष ५६ को अम्बरबहादुर बोगटी रहेको छन् ।
प्रहरीका अनुसार, बोगटीलाई मंगलबार बा.५ ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।