‘सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध हो’

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार १८:१७
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताएका छन् ।

पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा ठूलो अपराध केही होइन ।’

महामन्त्री थापाले अबको चुनावमा घोषणापत्र नभइ परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताउँदै उनले भने, ‘यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर जाने हो ।’

रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा कांग्रेसलाई मत नहाल्नेहरूले पनि महसुस गर्ने उनले बताए ।