बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घिमिरे

तु खबर संवाददाता
२०८१ फाल्गुन ८,बिहीबार ०८:२६

मकवानपुर । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबार हेटौंडामा भएको परिषद्को १० औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

यस्तै, परिषद्को उपाध्यक्षमा सङ्गम चौलागाईं, सचिवमा दिपक अधिकारी, सह–सचिवमा काजिराम मोक्तान र समुन्द्र खनाल, कोषाध्यक्षमा राधिका शर्मालाई चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा क्रमशः रविन ढुंगाना, नवीन मिश्र, बिनय मिश्र, उद्दव सापकोटा, रमेशमोहन अधिकारी, सङ्गिता पुडासैनी, रामचन्द्र फुँयाल, उत्तम उप्रेती, सुरेश रेग्मी, रामप्रसाद साह, टीका प्रसाद कँडेल, सुर्यप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद लामिछाने, रमिता चौलागाईं, देवराज कोइराला, प्रेम हमाल, प्रतिमा गौतम र शम्भु प्रसाद हुमागाईं चयन भएका छन् ।

अधिवेशन बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष मोहन प्रसाद शर्माको अध्यक्षतामा भएको हो ।