बस दुर्घटना हुँदा एक जनाको मृत्यु, मकवानपुरका ब्लोन घाइते

तु खबर संवाददाता
२०८१ फाल्गुन ८,बिहीबार ०९:४१

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेमाल–१ का ५० वर्षीय रामसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीका अनुसार, जन्ती तेमाल पुर्याएर धादिङ फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर बसका चालक मकवानपुरको बागमती गाउँपालिका बस्ने ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।