एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन

तु खबर संवाददाता
२०८१ फाल्गुन ८,बिहीबार १०:०३

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज विदुर सापकोटाको निधन भएको छ ।

सापकोटाको बिहीबार बिहान ३ः ५० बजेको समयमा मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना गरिरएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्जको भूमिकामा थिए ।

सापकोटा २०७० को संविधान सभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।

सापकोटाको शवलाई श्रदाञ्जलीका लागि बिहान १०ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिने र त्यसपश्चात् पशुपति आर्यघाटमा दाहासंस्कार गरिने जनाइएको छ ।