कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२) ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका प्रकाशित गरेको हो ।
साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरुको परीक्षा तालिका प्रकाशित गरिएको हो ।
यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
हेर्नुहोस् तालिकाः