मकवानपुरमा भिरबाट लडेर पाख्रिनको मृत्यु

तु खबर संवाददाता
२०८१ फाल्गुन ८,बिहीबार १०:३२
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा बुधबार राति भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका–५ नलिवनका ३२ वर्षीय राजकुमार पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जाकारी दिए ।

उनका अनुसार, थाहा नगरपालिका वडा नम्बर ८ दामगढीस्थित माइला ससुरा अमर बहादुर थिङको छोरीको विवाहको भोज खाई फर्कँदै गर्दा थाहा–७ भट्टी डाँडा स्थित पार्वती गोलेको खाजा घरमा चुरोट किनी सोही खाजा घर पछाडि पिसाब गर्न गएको अवस्थामा पाख्रिन भिरबाट लडेका थिए । भिरबाट अन्दाजी दुई सय मिटर तल खसेर मृत्यु भएको हो ।

घटनास्थल पुगेको प्रहरीले मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरी शव पोस्टमार्टमको लागी हेटौंडा अस्पताल पठाउने तयारी गरिरहेको जनाइएको छ ।