राप्रपाले कार्यसम्पादन समिति बैठक बोलायो

तु खबर संवाददाता
२०८१ फाल्गुन ८,बिहीबार १५:१६
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बालाइ्एको छ । बैठक यही फागुन १५ गते बस्ने गरी बोलाइएको हो ।

बैठक नियमित भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठकमा पार्टीको यसअघि भएको अधिवेशन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुनेछ ।

यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशको विषयमा पनि स्वाभाविक रुपमा बैठकमा छलफल हुने उनले बताए । पूर्वराजाले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आग्रह गरेका थिए ।