मकवानपुरबाट गाँजासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ फाल्गुन ८,बिहीबार १५:४१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा वडा नम्वर ७ पेन्चेबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–५ बस्ने २५ वर्षीय चन्दन कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई लागूऔषध गाँजा १० किलो ९ सय २० ग्रामसहित इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।