स्ववियु चुनावमा उम्मेदवारी नदिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
रास्वपाले दलगत हुने गरी उम्मेदवार खडा नगर्ने तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिरहेका छन् ।