सातै प्रदेशमा अभियान संचालन गर्दै कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्दैछ ।
पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालन गर्ने तयारी गरिएको कांग्रेस केन्द्रीय सदस्य एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार, कार्यक्रममा पत्रकारद्वय हरिबहादुर थापा र डा. जगत नेपालले कार्यपत्र प्रस्तुत गर्तेछन् । जसनुसार, फागुन ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र फागुन २१ गते धनगढीमा प्रदेशस्तरीय अभियान आयोजना गर्नेछ ।