एआईजी रवीन्द्र केसीको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ ।
केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत प्रदान गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार, आगामी ५ चैतसम्म सेवा रहेका केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए ।
गत पुष २६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो ।
एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका हुन् ।