दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । कास्कीको पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–८ फिर्केस्थित सडकमा बिहीबार ग ३ च ८९७७ नम्बरको जिप र ग १३ प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ५६ वर्षीया माया गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर स्कुटर चालक घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
जिप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।