स्ववियु निर्वाचन कार्यतालिका, फागुन २७ गते उम्मेदवार मनोनयन

तु खबर संवाददाता
२०८१ फाल्गुन ९,शुक्रबार २०:३६

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निवाृचन कार्य तालिका सार्वजनिक भएको छ ।

आउँदो चैत ५ गते हुने हुने निर्वाचनका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ ।

२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

सार्वजनकि भएको कार्यतालिका अनुसार, फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने, प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली पेश गर्ने समय फागुन २७ गतेका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

उम्मेदवारको नामावलीमा दावी विरोधका लागि फागुन २८ गतेका लागि समय सिमा तोकिाएको छ । उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ भने चैत ५ गते मतदान हुने कार्यतालिका छ ।