कुम्भ मेलाबाट फर्किँदा गाडी दूर्घटना, ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ फाल्गुन १०,शनिबार १८:४३

काठमाडौं । भारतको प्रयागराजस्थित कुम्भ मेला नुहाएर फर्किदै गरेको सवारीसाधन दूर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ । ६ जना नेपाली घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा ३ जना सप्तरी र १ जना सुनसरीका व्यक्तिको मृत्यु भएका हो । भएको हो । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव छन् ।

दुर्घटनामा परेर सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको पनि ज्यान गएको छ ।सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले कञ्चनरुपका तीन जनाको मृत्यु भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको बताए ।