जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा

तु खबर संवाददाता
२०८१ फाल्गुन १०,शनिबार १८:५६
Photo Credit-United Nations Human Rights Council

काठमाडौँ । नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय वैठकमा भाग लिन त्यस तर्फ जाने भएकी छिन् ।

यही फागुन १२ गते १४ गतेसम्म जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय बैठक आयोजना हुँदैछ ।

परराष्ट्रमन्त्री राणााले उक्त बैठकलाई फागुन १२ गते सम्बोधन गर्ने छिन् । परराष्ट्र मन्त्रालयका अनुसार, परराष्ट्रमन्त्री राणाले २०२७ देखि २ वर्षे कार्यकालका लागि मानव अधिकार परिषद्को लागि नेपालको उम्मेदवारीमा सदस्य राष्ट्रहरुसँग समर्थन माग्ने छिन् । उनले आफ्नो भ्रमण क्रममा आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्र संघका एजेन्सी र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।