हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउन माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एक हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । आज आइतबार प्रतिनिधिसभामा शुन्य समयमा बोल्दै केसीले यस्तो माग राखेका हुन् ।
विभिन्न सुचांकहरुमा नेपालको अवस्था खराब भएको बताउँदै केसीले यस्तो कदम चाल्न सुझाएका हुन् ।
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा निगरानी राख्ने अन्र्तराष्ट्रिय सस्था एफएटीएफले नेपाललाई आधिकारिक रुपमा ग्रे लिस्टमा राखेको उल्लेख गर्दै केसीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ५ सय र एक हजारका नोटहरुमा प्रतिवन्ध लगाउनु पर्ने बताएका हुन् ।
ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा समेत नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै केसीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने बताए ।