अटोमेटिक पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ फाल्गुन १२,सोमबार १९:५६

हेटौंडा । हेटौंडाबाट प्रहरीले लोड भएको अटोमेटिक पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य मोतिहारी बहरीग्रामका २६ वर्षीय दीपक कुमार र बिहार सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार छन् ।

रौतहटको गौरबाट चितवनतर्फ जाँद्र गरेको ना ८ ख ८७७३ नम्बरको यात्रुबाहक बसमा रातोमाटे प्रहरी चौकीका प्रहरीहरुले जाँच गर्ने क्रममा हतियारसहित उनीहरु पक्राउ परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

धिरज कुमारले ९ एमएमको १ राउन्ड गोली लोड भएको पेस्तोल कम्मरमा बोकेर हिँडेको एसपी खड्काले बताए । लोड नभएको थप दुई राउन्ड गोली पनि बरामद भएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना मुद्दाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि मकवानपुर प्रहरीले जानकारी दिएको छ ।