बिमा प्राधिकरणका नवनियुक्त अध्यक्षमा ओझा

तु खबर संवाददाता
२०८१ फाल्गुन १३,मंगलवार १८:०८
फोटो : ओझा Linkedinआइडी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आफ्नो पदीय जिम्मेवारीको शपथ लिएका छन् ।

सरकारले ओझालाई प्राधिकरणको अध्यष्क्षमा नियुक्त गर्ने निर्णय सोमबार गरेको थियो । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन् ।

अर्थमन्त्री पौडेल लगायत अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले झालाई बधाइ तथा कार्य सफलताको शुभकामना दिए । स्वास्थय बिमा बोर्डका पूर्वकार्यकारी निर्देशक दामोदर बसौला र पूर्व सचिव रामहरि पुडासैनीलाई छोडेर मन्त्रिपरिषद्ले ओझालाई नियुक्त गरेको हो । ओझा प्राधिकरणको अध्यक्ष भएपनि उनको योग्यतालाई लिएर विवाद सुरु भएको छ ।