मन्त्रीका स्वकीय सचिव रवि थापाको निधन

हेटौंडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
उनले आफ्ना साथीको कोठामा बसेको बेला विष सेवन गरेको र अचेत थापालाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको हो । धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित साथीको डेरामा दिउँसो २ बजे विष सेवन गरेको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बोहराका अनुसार कोठामा कोही नभएको मौका पारेर थापाले विष सेवन गरेका हुन् । कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए ।
थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको बोहराको भनाइ छ ।