शान्ति प्रकृयाका बाँकी काम तिव्र : परराष्ट्रमन्त्री राणा

तु खबर संवाददाता
२०८१ फाल्गुन १४,बुधबार १८:०१
file-photo

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तिव्रताका साथ अघि बढेको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भएको भेटवार्तामा मन्त्री राणाले यस्तो बताएकी हुन् ।

परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागी छिन् भने उनले त्यहाँ विभिन्न कुटनीतिक व्यक्तिहरुसँग भेटघाट गरिरहेकी छिन् ।

‘मन्त्री डा. देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तिव्रताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरेको’ राणाको सचिवालयले जानकारी दिएको
छ ।

भेटमा नेपाल मानवअधिकारको संरक्षणमा नेपाल उदाहरणीय रहेको समेत उल्लेृख गरेकी छिन् । सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रहेको मन्त्री राणाको भनाई छ ।

नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ ।