राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौं । स्पेनका लागि नेपालका राजदुत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी समेत भएको थियो ।
म्याड्रिडमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त अवसरमा दुई मुलुकहरुबीच सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको जनाएको छ ।
राजदूत नेपाललाई बधाई दिनुका साथै राजा फेलिपेले नेपालको अनौपचारिक भ्रमणको सम्झना गरेका थिए ।उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए ।