सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव

तु खबर संवाददाता
२०८१ फाल्गुन १६,शुक्रबार २०:०१
file-photo

काठमाडौँ । जनता समाजवादी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश सुकुम्बासीको नाममा माफिया र दलालहरु पोस्न ल्याएको बताएका छन् ।

अध्यादेशबारे विभिन्न दलका नेताहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले सुकुम्वासीका नाममा बिचौलिया र दलालहरुले महत्त्वपूर्ण जग्गाहरू हडप्ने योजनाअनुसार सरकारले उक्त अध्यादेश ल्याएको बताएका हुन् ।

सरकारले सुकुम्वासी समस्या समाधान र व्यवस्थित गर्न २०१४ सालदेखि खोजिए पनि २०२४ सालमा वन फडानी गरिएको बताए । सरकारले ल्याएको अध्यादेश राष्ट्रहीतमा नभएको उनको आरोप छ ।