उच्च अदालत बार हेटौंडाको अध्यक्षमा भट्टराई

२०८१ फाल्गुन १७,शनिबार १९:४९

हेटौंडा । उच्च अदालत बार हेटौंडाको आज भएको निर्वाचनमा मनप्रसाद भट्टराई अध्यक्ष निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी हरिप्रसाद भट्टलाई एक मतको झिनो अन्तरले पराजित गर्दै भट्टराई अध्यक्ष निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा सुजन तिमल्सिना, सहसचिवमा पम्फा पुरी र कोषाध्यक्षमा रिमा प्याकुरेल निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा एकनारायण शर्मा, केशवप्रसाद अर्याल, हरिहर खतिवडा, दीपेन्द्र बानियाँ, चुडाप्रसाद उप्रेती, गणेश अधिकारी, ध्रुब सिंह बिष्ट निर्वाचित भएका छन् ।
यसअघि महिला सदस्य निशा क्षेत्री र उपाध्यक्षमा रामकृष्ण देउला तथा पार्षद मा कृष्णप्रसाद अर्याल, केशवप्रसाद गौतम, शिव प्रसाद बञ्जारा र श्रीराम दाहाल निर्विरोध निर्वाचित भएका छन् ।