स्ववियुको निर्वाचनः बागमतीमा : बागमतीमा डिना उपाध्यायलाई खटायो

तु खबर संवाददाता
२०८१ फाल्गुन १८,आईतवार १४:०३

मकवानपुर । आसन्न स्ववियुको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेशस्तरमा आफ्ना नेतालाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा काँग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायलाई स्ववियु निर्वाचन परिचालनका लागि जिम्मा दिएको छ ।

त्यसैगरी, भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, जीवन परियारलाई गण्डकीको जिम्मेवारी दिइएको नेपाली काँग्रेसले जनाएको छ । यसैगरी काँग्रेसले लुम्बिनीमा चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई निर्वाचनको जिम्मेवारी दिएको छ ।

यही चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका उम्मेदवारलाई जिताउन पार्टी केन्द्रले केन्द्रीय स्तरका नेताहरुलाई जिम्मेवारीमा पठाएको हो । आफ्ना उम्मेदवारलाई जिताउन सबै प्रदेशमा केन्द्रीय स्तरका नेताहरु खटाइएको छ । नेविसंघका उम्मेदवारहरुलाई जिताउन आन्तरिक तथा बाह्य तयारीका लागि उनीहरुलाई खटाइएको छ ।