स्ववियु निर्वाचनको सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मातहतलाई स्ववियु निर्वाचनको प्रारम्भदेखि मतगणना सम्पन्न नभएसम्म सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । आगामी चैत ५ गतेका लागि तय भएको निर्वाचनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा तयारी गर्न मातहतका निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुरक्षा व्यवस्थाका लागि निर्देशन दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ । आज सोमबारबाट निर्वाचन कार्यक्रम सुरु भइसकेको छ र संगठन दर्ताको काम भइरहेको छ ।
स्ववियु निर्वाचनलाई लक्षित गरेर दलहरुले आआफ्ना तयारीलाई तिब्र बनाएका छन् । नेपाली काँग्रेस केन्द्रीय समितिले प्रदेश हेर्ने गरी आफ्ना नेता तोकेको छ भने जसरी पनि परिणाम आफ्नो पक्षमा पार्ने गरी काम गर्न निर्देशन भएको छ ।