राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत

तु खबर संवाददाता
२०८१ फाल्गुन २३,शुक्रबार ०६:५०
file-photo

काठमाडौं । राष्ट्रियसभमा निर्णयार्थ पेस भएका पाँच अध्यादेश स्वीकृत भएको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र नीजि क्षेत्रसँग सम्बन्धित चारवटा अध्यादेश जारी भएका थिए ।

१४ पुसमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो । १८ माघमा राष्ट्रपतिबाट सबै अध्यादेश जारी भएका थिए । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेशमात्रै संसद्बाट स्वीकृत भएको हो ।

यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ ।