तिब्बतमा गएको भुकम्पले नेपालमा धक्का

काठमाडौँ । नेपालमा भुकम्प नगएको भएपनि काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।
केन्द्रका अनुसार डिगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो ।
भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो ।
यसअघि पुस २३ मा पनि तिब्बतमा भूकम्प गएको थियो ।