राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

तु खबर संवाददाता
२०८१ फाल्गुन २५,आईतवार १६:५३
फोटो क्रेडिट : राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।