पुर्वराजाको समर्थन गर्ने बास्तोला पदमुक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सम्बोधनको पक्षमा सरकारी लेटरहेडमा समर्थन जनाएर सार्वजनिक बतव्य निकाल्ने पोर्चुगतलका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोला पदमुक्त भएका छन् ।
पूर्वराजालाई श्री ५ सम्बोधन गर्दै बास्तोलाले विज्ञप्ती निकालेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई किन कारवाही नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । बास्तोलाले दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै मन्त्रालयले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले कार्यविधिको दफा ५ बमोजिम मा. मन्त्रीस्तरको निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।