चैत २ गतेसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द

तु खबर संवाददाता
२०८१ फाल्गुन २९,बिहीबार २०:१२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ ।

अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुले एनओसी लिएर जानु अनिवार्य हुन्छ, चैत २ गतेसम्म अब विद्यार्थीहरुले एनओसी पाउने छैनन् ।