समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो ।
देशमा विकसित नयाँ घटनाक्रम र क्रियाकलापबारे मोर्चाले आफ्नो घारणा सार्वजनिक गरेको हो । आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार, आउँदो १५ गते बृहत् विरोध प्रदर्शन तथा जनसभाको आयोजना गरिनेछ ।
सभामा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौ, मोर्चाले आह्वान गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, विप्लव सीको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी मोर्चामा आवद्ध छन् । मोर्चाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण उपलब्धी गुम्न लागेकोमा चिन्ता गरेको छ । गणतन्त्रको रक्षा र राजावादीहरुको गतिविधिको प्रतिरोध गर्नु प्रदर्शन र जनसभाको मुख्य उद्धेश्य रहेको जनाइएको छ ।