पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

तु खबर संवाददाता
२०८१ चैत्र २,आईतवार १२:५०

काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले पर्फमेन्स दिन नसक्ने मन्त्रीहरुलाई सरकारमा राखिराख्न आवश्यक नभएको बताएका छन् ।

पर्फमेन्स नदिने मन्त्रीहरुलाई सरकारमा राखिराख्न आवश्यक नभएकाले प्रधानमन्त्रीले यसबारेमा विचार गर्नुपर्ने उनको धारणा छ । पन्तले राजतन्त्र पनुः फर्किन सक्ने संभावना नरहेको बताउँदै आमाको पेटबाट झरिसकेको बच्चा पुनः आमाको पेटमा जान सक्ने संभावना नहुने बताए ।

राजतन्त्र फर्काउन आन्दोलनका कार्यक्रमहरु हुँदै गर्दा एमालेका प्रभावशाली नेता पन्तको यस्तो धारणा आएको हो । अहिले राजा फर्काउने र नफर्काउने बीच रस्साकस्सी चलिरहेको छ । राजावादीहरु सक्रिय भएको भन्दै त्यसका विरुद्ध प्रतिरोध आन्दोलन सुरु गर्न दलहरुबीच छलफल चलिरहेको छ भने समाजवादी मोर्चामार्फत् विरोध प्रदर्शनका कार्यक्रमहरु तय भएका छन् ।