भर्खरै : प्रचण्डको फोटो जलाउने निराजन छुटे

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ गरिएको एक जना व्यक्ति छुटेका छन् ।
तु खबरलाई प्राप्त सूचना अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बम हिरासतमुक्त भएका हुन् । जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छोडिएको हो ।
भरतपुर विमानस्थलबाट पक्राउ परेका उनलाई पूर्वप्रधानमन्त्रीको फोटो जलाएको आरोपमा पक्राउ गरिएको थियो ।
हेटौँडामा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा हिजो सङ्घीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए ।
यसैबीच माओवादीका जिल्ला इन्चार्ज विजय गौतमसमेतको टोलीले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बमलाई छडिदिन आग्रह गरेको थयो ।