प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक रहेका थापालाई आईजीपी नियुक्त गरेको हो । उनी ३१ औँ महानिरीक्षक भएका छन् । उनी प्रतिस्पर्धामा एक नम्बरमा रहेका थिए ।
प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । अवकासमा गएका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवरलाई गृहमन्त्री रमेश लेखकले आजै औपचारिक विदाई गरेका छन् ।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा कुंवरलाई विदाइ गरेका हुन् । कार्यक्रममा गृह सचिव गोकर्णमणि दवाडी पनि सहभागी थिए ।