निर्मलमा अनेरास्ववियुका प्रशान्त भण्डारीको प्यानल नै विजयी

तु खबर संवाददाता
२०८१ चैत्र ४,मंगलवार २०:०३

हेटौंडा । निर्मल बहुमुखी क्याम्पस स्ववियु सभापति र अन्य सबै पदमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

प्रशान्त भण्डारीको नेतृत्वमा रहेको समितिमा मुना भण्डारी सचिव, सविन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ र दूर्गाकुमारी पण्डित निर्वाचित भएका छन् ।

कूल ८७ मतदाता रहेकोमा ८४ जनाले मतदान गरेका थिए । ५३ मत ल्याएर अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । अखिल समाजवादीको उम्मेदवारले भने ३१ मत प्राप्त गरेका छन् ।