हेटौंडा क्याम्पस र फरेष्ट्रीमा अनेरास्ववियु र नेविसंघ गठनबन्धनको प्यानल विजयी

तु खबर संवाददाता
२०८१ चैत्र ५,बुधबार ०६:५०

मकवानपुर । हेटौंडा क्याम्पस स्ववियु निर्वाचनको नजिता सार्वजनिक भएको छ । सो क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यालन नै विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट गठबन्धनका अभि मैनाली विजयी भएका छन् ।

त्यसैगरी, सचिवमा गणेश तिमल्सिना, कोषाध्यक्षमा सुरज बोलखे र सदस्यहरुमा शिशिर ढकाल, मुना सिकारी, नितेश भण्डारी, नितिसकुमार यादव, अखिलेश कुमार यादव, सुस्मिता थिङ, प्रमिला सिन्तान, स्वस्तिका सिन्तान, अस्मिता थोकर र प्रकश मान गोले विजयी भएका छन् ।

यसैगरी वन विज्ञान अध्ययन सस्थान (फरेन्ट्री क्याम्पस)मा अनेरास्ववियु र नेविसंघ गठबन्धनका तर्फबाट नेविसंघका श्यामराज भट्ट अध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा सुगम भुसाल, कोषाध्यक्षमा पुर्णिमा पन्त निर्वाचित भएका छन् ।