मकवानपुर क्याम्पसमा प्रशिद्ध रेग्मीको प्यानल नै विजयी

तु खबर संवाददाता
२०८१ चैत्र ५,बुधबार १०:१७

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

सभापतिमा प्रशिद्ध रेग्मीले ७०६ मत ल्याएर विजयी हुँदा निकटम् प्रतिद्वन्द्वी छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिव पदका उम्मेदवार उत्सव ढुंगानाले ७११ मत ल्याई विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी दिपेश कार्कीले ५४४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदका उम्मेदवार निर्दाेष लुइटेलले ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी अमन रायले ५४४ मत प्राप्त गरेका छन् । ्

त्यसैगरी, सदस्यहरुमा मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, विवश अर्याल, मन्दिप थापा र अतित अधिकारी विजयी भएका छन् ।

निवर्तमान स्ववियु सभापति रहेका छोइसाङ लामाले द्रोस्रो कार्यकालका लागि उम्मेदवार बन्दा क्रान्तिकारी हार व्यहोर्दै स्तब्ध भएको हो ।