चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ चैत्र ५,बुधबार २१:३२

काठमाडौँ । सरकारले चैत २४ गते विदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते रामनवमीका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।