सांसद साहद्वारा संसद् वैठक बहिस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् ।
अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएपछि सांसदको कार्यसूचीबाट प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाउन आग्रह गरेका थिए ।
सभामुखले सो कार्यक्रम आजको कार्यसूचीबाट नहटाएपछि साहले संसद बैठक बहिस्कार गरेका हुन् ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर औचित्यहीन रहेको बताउँदै आएका साहले केहीसमय अघिको वैठकमा प्रधानमन्त्रीलाई केही प्रश्नहरु सोधेका थिए ।
तर, प्रधामन्त्री ओलीले त्यसको चित्तबुझ्दो जवाफ नदिएपछि सांसद साह यो कार्यक्रम कार्यसूचीमा राखेकोमा असन्तुष्ट छन् ।